बागलुङबाट भैरहवाका लागि छुटेको बस लेखनाथमा दुर्घटना, महोत्सवमा आएका भारतीय व्यापारीको मृत्यु
पाेखरा | पुस १४, २०८०
फोटो: सामाजिक सञ्जाल
पोखरा: बागलुङबाट भैरहवाका लागि छुटेको बस आज बिहान पोखराको लेखनाथमा दुर्घटना भएको छ । बागलुङबाट भैरहवाका लागि छुटेको लु १ ख ८३५६ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा महानगरपालिका–२७ डाँडाकोनाकमा बस ब्रेक फेल भएर सडकको दायाँ साईडको माटोको ढिस्कोमा ठक्कर खाँदा एकजना पैदल यात्रीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
ब्रेक फेल भएको बस ढिस्कोमा ठक्कर खान जाँदा बाटा (गमला) विक्री/ब्यापारका लागि भारतबाट लेखनाथ महोत्सवमा आएका इस्श्रावती कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका इस्श्रावतीको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसमा कति जना यात्रु सवार थिए भन्ने खुलेको छैन । बस दुर्घटना हुँदा घाइते भएका तनहुँको म्याग्दे गाउँपालिका घर भएका ३६ वर्षीय रामजी गन्धर्व र पर्सा दिप नगरपालिकाका ४६ वर्षीय माया गन्धर्वको लेखनाथसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

